September 20, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज आर्सनल र लिभरपुल आमने-सामने हुँदैछन्। प्रिमियर लिगको उपाधि दौडमा रहेका आर्सनल र लिभरपुल आज राति आमने-सामने हुन लागेका हुन्।

आर्सनल र लिभरपुल बीचको खेल आर्सनलको घरेलु मैदानमा हुनेछ। आज हुने खेलमा दुवै जित निकाल्ने दाउमा हुनेछन्। लिभरपुल अहिले प्रिमियर लिगको शिर्ष स्थानमा छ।

लिभरपुलले सिजनका २२ खेल मद्ये १५ खेलमा जित निलालेको छ भने एक खेल मात्रमा पराजय भोगेको छ। यस बीचमा ६ खेलमा बराबरी खेल्दा उसले ५१ अंक बनाएको छ।

आर्सनल प्रिमियर लिगको तेस्रो स्थानमा छ। आर्सनलले २२ खेल मद्ये १४ खेलमा जीत निकाल्दा ४ खेलमा पराजय भोगेको छ। त्यस्तै चार खेलमा आर्सनल बराबरीमा रोकिएको छ। आर्सनलको ४६ अंक छ।

आर्सनल र लिभरपुल बीचको आजको भेट लिगको २ सयौं भेट हुनेछ। पछिल्लो पटक आर्सनल र लिभरपुल बीच एफए कपमा भेट भएको थियो। सो खेल लिभरपुलले २-० को गोल अन्तरले जितेको थियो।

आर्सनल र लिभरपुल बीचको खेल नेपाली समय अनुसार आज रातको १० बजेर १५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय टेलिभिजन स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *