September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले प्रिसिजनको पहिलो जित निकालेको छ। प्रिसिजनमा निरन्तर कम्जोर प्रदर्शन गरिरहेको मियामीले अन्ततः प्रिसिजनको पहिलो जित निकालेको हो।

आइतबार मियामीले हङकङ ११ लाई पराजित गर्यो। हङकङको शीर्ष डिभिजन खेल्ने क्लबहरूको मिश्रित टोलीलाई मियामीले ४-१ को गोल अन्तरले विजयी भयो।

मियामीका लाही रोबर्ट टेलर, लसन कोनरी सुन्दरल्याण्ड, लियोनार्डो क्याम्पाना र रायन सेलरले गोल गरे। त्यस्तै हङकङका लागि भने हेनरी एनियरले गोल गरे।

आइतबार हङकङ विरुद्ध मियामीले आफ्ना स्टार खेलाडी लियोनेल मेस्सी, लुइस सुआरेज जस्ता स्टारहरुलाई भने मैदानमा उतारेन। दुवैले खेल बेन्चबाट हेरे।

यस्तै सर्जियो बुस्केट्स र जोर्डी अल्बालाई भने मियामीले खेलको दोस्रो हाफमा मैदानमा उतारेको थियो। हङकङ विरुद्धको खेलमा मियामीले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा तीन गोल गरेको थियो।

मियामी यस भन्दा अगाडी साउदी क्लब अल नासरसंग ६-० र अल हिलालसंग ४-३ को गोल अन्तरले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *