September 21, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ। आइतबार राति घरेलु मैदानमा आर्सनलले लिभरपुललाई पराजित गरेको हो।

आईतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भयो। आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक-एक गोल गरे।

खेलको १४ औं मिनेटमै आर्सनलले साकाको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अन्त्यतिर लिभरपुलले खेलमा बराबरी गर्यो। लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै पोस्टमा प्रहार गरेपछि लिभरपुलले गोल उपहारमा पायो।

खेलको ६७औं मिनेटमा मार्टीनेलीले गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए। ८८औं मिनेटमा दश जनमा सिमित भएपछि लिभरपुल थप दबाबमा पर्यो।

इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले गोल गरेपछि आर्सनलको जित पक्का भयो। यस जितसंगै आर्सनलले लिभरपुलसंगको अंक दूरी घटाएको छ। आर्सनलले २३ खेलबाट ४९ अंक बनाएको छ भने लिभरपुलको ५१ अंक छ।

आर्सनलको जितले म्यानचेस्टर सिटीलाई पनि फाइदा भएको छ। मात्र २१ खेल खेलेको सिटीको ४६ अंक छ। यसको अर्थ सिटीले अब प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने अवसर प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *