एजेन्सी – आइतबार मेजर सकर लिग इन्टर मियामीले हङकङ ११ को सामना गर्यो। नयाँ सिजन सुरु हुनु भन्दा अगाडी प्रिसिजन खेलहरुको दौडमा रहेको मियामीले आइतबार हङकङ ११ को सामना गरेको हो।
हङकङको शीर्ष डिभिजन खेल्ने क्लबहरूको मिश्रित टोलीलाई मियामीले ४-१ को गोल अन्तरले पराजित गर्यो। मियामीका लाही रोबर्ट टेलर, लसन कोनरी सुन्दरल्याण्ड, लियोनार्डो क्याम्पाना र रायन सेलरले गोल गरे।
आइतबार हङकङ विरुद्ध मियामीले आफ्ना स्टार खेलाडी लियोनेल मेस्सी, लुइस सुआरेज जस्ता स्टारहरुलाई भने मैदानमा उतारेन। दुवैले खेल बेन्चबाट हेरे।
मेस्सीको खेल हेर्नको लागि हङकङमा समर्थकको ठूलो भिड लागेको थियो। खेल हेर्नका लागि दर्शकहरु स्टेडियममा मात्र पुगेनन्, केहिले पहाड पनि चढे।
टिकट काट्न सक्नेले त टिकट काटेर स्टेडियम पुगेर मियामीको खेल हेरे। तर टिकार नपाउने र काट्न नसक्नेले भने सो खेल हेर्न पहाड चढे। सामाजिक संजाल यति बेला त्यसको क्लिपहरु देखा परिरहेका छन्।
तर दर्शकले पहाडै चढेपनि मेस्सीको खेल भने हेर्न पाएनन्। इन्टर मियामी बुधबार जापानी पक्ष भिसेल कोबेसँग खेल्नेछ।
الجماهير تتسلق الجبال لمشاهدة الاسطورة pic.twitter.com/gHK1JxqWqJ
— Messi World (@M10GOAT) February 4, 2024