September 20, 2024

एजेन्सी – साउदी अरब पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका एक सहकर्मीलाई भित्र्याउन इच्छुक रहेको खबर बाहिर आएको छ। विभिन्न खेल मिडियाहरुले रोनाल्डोका राष्ट्रिय टोलीका एक सहकर्मीलाई भित्र्याउन साउदी इच्छुक रहेको दावी गरेका हुन्।

खबरका अनुसार साउदी क्लब अल हिलाल प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई सक्दो छिटो भित्र्याउन चाहन्छ।

अल हिलालले फर्नान्डेसलाई आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेको बताइएको छ। फर्नान्डेसमा गत समर ट्रान्सफर विन्डो देखि नै अल हिलालको नजर रहेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

युनाइटेड र फर्नान्डेस बीच अझै सन् २०२५ सम्मका लागि सम्झौता छ। जसकारण युनाइटेड फर्नान्डेसलाई पक्कै सहजै बिक्री गर्ने पक्षमा हुने छैन। तर अल हिलालले धेरै नै आकर्षक प्रस्ताव पठाएको खण्डमा भने जे पनि हुन सक्छ।

फर्नान्डिस एरिक टेन ह्यागका सबैभन्दा महत्त्वपूर्ण खेलाडीहरू मध्ये एक हुन्। उनले युनाइटेडका लागि निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्।

जनवरी २०२३ मा क्रिस्टियानो रोनाल्डोको आगमन पछि साउदी प्रो लिग बढ्दै गएको छ। धेरै युरोपेली सुपरस्टारहरूले म्यानचेस्टर युनाइटेडका पूर्व स्टारलाई मध्यपूर्वमा पछ्याएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *