September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने स्पेनिस महारथी रियल म्याड्रिडका खेलाडीहरु फ्रेन्च स्टार किलियन एम्बाप्पेको आगमनका लागि उत्साहित छन्।

एम्बाप्पेले आफ्नो भविष्यलाई लिएर छिट्टै निर्णय लिने खबर आइरहेका बेला रियल म्याड्रिडको ड्रेसिङ रुम उत्साहित रहेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

एम्बाप्पे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। एम्बाप्पे जनवरी देखि नै विश्वको जुन सुकै क्लबसंग सम्झौता गर्नका लागि खुला भइसकेका छन्।

यस्तोमा उनले रियल म्याड्रिडसंग अग्रिम सम्झौता गर्ने चर्चा सुरु भइसकेको छ। ट्रान्सफर बजारका भरपर्दा जानकार फाब्रिजियो रोमानोले पनि एम्बाप्पेले आफ्नो भविष्यलाई लिएर छिट्टै निर्णय लिन सक्ने पुष्टि गरिसकेका छन्।

केहि खेल मिडियामा एम्बाप्पे रियल जाने निर्णयमा पुगिसकेको दावी गरिएपनि रोमानोले एम्बाप्पे त्यसको कुनै निर्णयमा पुगिनसकेको बताएका छन्। यधपी एम्बाप्पे आफ्नो भविष्य बारे सिजनको अन्त्यमा भन्दा पनि छिट्टै निर्णय गर्ने पक्षमा रहेको रोमानोको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *