September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेको बहिर्गमन पश्चातको समयका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले तयारी सुरु गरेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजी एम्बाप्पेले क्लब छाडेपछिको अवस्थाका लागि तयारीमा जुटेको हो।

पिएसजीले एम्बाप्पेले क्लब छाडेपछि कसरी अगाडी बढ्ने भन्ने विषयलाई मध्यनजर गर्दै गृहकार्य सुरु गरिसकेको बताइएको छ। ट्रान्सफर बजारमा जानकार फाब्रिजियो रोमानोले पनि यस्तै रिपोर्ट गरेका छन्।

एम्बाप्पेले क्लब छाड्न सक्ने उच्च सम्भावनालाई ध्यानमा राखेर पिएसजी विस्तृत योजना बनाउन जुटेको रोमानोको भनाई छ। यधपी पिएसजी एम्बाप्पेलाई क्लबमै रहन फकाउने प्रयास भने गरिरहने पक्षमा रहेको रोमानो बताउँछन्।

एम्बाप्पेले कुनै पनि निर्णय गर्नु अगाडी पिएसजीका अध्यक्ष नासेर अल-खेलाइफीसंग छलफल गर्ने बचन दिएको पनि रोमानोले रिपोर्ट गरेका छन्। यसको अर्थ जे जस्तो निर्णय गरेपनि एम्बाप्पेले अल-खेलाइफीलाई सबै भन्दा पहिला जानकारी दिनेछन्।

उता एम्बाप्पे भित्र्याउने दौडमा असफलता मिल्नेमा रियल पहिला भन्दा धेरै ढुक्क देखिएको छ। यस अगाडी भित्र्याउन गरिएका प्रयास खेर गएपनि यस पटक भने सफलता मिल्न सक्ने रियलको विश्वास रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *