September 19, 2024

एजेन्सी – युरोपबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले फ्रेन्च स्टार किलियन एम्बाप्पेको ट्रान्सफरका लागि स्पेनिस क्लब रियल म्याड्रिडले तयारी सुरु गरेको दावी गरेका छन्।

एम्बाप्पे भित्र्याउँदा ठूलो आर्थिक श्रोत खर्च हुने अवस्थालाई मद्यनजर गर्दै रियलले तयारी सुरु गरिसकेको युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले दावी गरेका छन्।

सो अवस्थाका लागि रियलले केहि खेलाडी बिक्री समेत गर्न सक्ने बताइएको छ। स्पेनी समाचार वेबसाइट टोडोफिचाजेसका अनुसार कार्लो एन्सेलोटीको पक्षले आगामी समर स्थानान्तरण विन्डोमा रोड्रिगोसँग अलग हुन सक्छ।

रोड्रिगोका लागि उचित प्रस्ताव आएको खण्डमा बिक्री गर्ने रियलको योजना रहेको टोडोफिचाजेसको दावी छ। रोड्रिगोको सेवाहरूको लागि प्रिमियर लिग क्लबहरू तथा पिएसजीबाट प्रस्ताव आउन सक्ने अनुमान गरिएको छ।

हालसम्म, रोड्रिगोले लस मेरेन्गुसलाई दुई ला लिगा उपाधि सहित नौ ट्राफीहरू उचाल्न मद्दत गरेका छन्। सन् २०१९ मा सान्तोसबाट ४५ मिलियन युरोमा आएदेखि उनले १९८ खेलमा ४९ गोल गरेका छन् भने ३९ असिस्ट दिएका छन्।

उता एम्बाप्पे र रियल बीच आगामी समयमा निर्णायक छलफल हुने रिपोर्टहरु बाहिर आइरहेका छन्। एम्बाप्पेले छिट्टै आफ्नो भविष्य बारे निर्णय गर्ने तयारी गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *