September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले प्रिसिजनमा खराब लयको यात्रालाई कायमै राखेको छ। नयाँ सिजन सुरु हुनु भन्दा अगाडी प्रिसिजनमा विभिन्न टोलीहरुसंग मैत्रीपूर्ण खेल खेल्न निस्किएको मियामीले खराब यात्रालाई कायमै राखेको हो।

बुधबार मियामी जापानि क्लब भिसेल कोबेसंग पेनाल्टी सुटआउटमा पराजित भयो। निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको थियो।

जसमा मियामी ४-३ को अन्तरले पराजित भयो। ६-६ खेलाडीले पेनाल्टी प्रहार गरेकोमा मियामीका तीन खेलाडीले पेनाल्टी मिस गरे भने कोबेका दुई खेलाडीले पेनाल्टी मिस गरे।

यधपी मेस्सीले भने पेनाल्टी प्रहार गरेनन्। कोबे विरुद्धको खेल मियामीको प्रिसिजनको छैठौं खेल थियो। प्रिसिजनका ६ खेल मद्ये एक खेलमा मात्र मियामीले जित निकालेको छ।

प्रिसिजनको पहिलो मैत्रीपूर्ण खेलमा मियामीले एल साल्भाडोरको राष्ट्रिय टोलीको सामना गरेको थियो। सो खेलमा मियामी गोल रहित बराबरीमा रोकिएको थियो।

त्यसपछि मियामीले एफसी डालाससंग १-० को गोल अन्तरले पराजित भयो। साउदी भ्रमणका क्रममा मियामी अल हिलाल र अल नासर विरुद्धका दुवै खेलमा पराजित हुन पुग्यो। हङकङमा भने मियामीले प्रिसिजनको पहिलो जित निकाल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *