एजेन्सी – साउदी क्लब अल नासरका प्रशिक्षक लुइस क्यास्ट्रोले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अल हिलालको सामना गर्न तयार रहेको बताएका छन्।
मैत्रीपूर्ण खेलका लागि अल नासर र अल हिलाल आमने-सामने हुनु अगाडी आयोजित पत्रकार सम्मेलनका क्रममा क्यास्ट्रोले रोनाल्डो अल हिलालको सामना गर्न तयार रहेको बताएका हुन्।
“क्रिस्टियानो रोनाल्डो भोलि अल हिलालको सामना गर्न तयार छन्।”,रोनाल्डोको अवस्था बारे प्रश्न गरिँदा खेल अगाडीको पत्रकार सम्मेलनका क्रममा क्यास्ट्रोले भने।
रोनाल्डो केहि साता अगाडी घाइते भएका थिए। रोनाल्डो घाइते भएपछि अल नासरले चीनमा खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेलहरु स्थगित भएका थिए। त्यसपछि रोनाल्डो इन्टर मियामी विरुद्धको खेलमा पनि सहभागी हुन सकेनन्।
खुट्टामा देखिएको समस्याबाट छुटकारा पाएपछि रोनाल्डो पछिल्ला केहि दिन देखि क्लबको प्रशिक्षणमा सहभागी भइरहेका छन्। रोनाल्डोले मंगलबार आफ्नो ३९ औं जन्मदिन पनि मनाए।
Teamwork in motion: Working hard, laughing harder 😆 pic.twitter.com/c72M1g7gge
— AlNassr FC (@AlNassrFC_EN) February 6, 2024