September 19, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। फ्रेन्च कपको अन्तिम १६ मा सानदार जित निकालेसंगै पिएसजी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

बुधबार राति पिएसजीले घरेलु मैदानमा ब्रेस्ट माथि सानदार जित दर्ता गर्यो। पिएसजीले ब्रेस्टलाई ३-१ को गोल अन्तरले सहजै पराजित गर्यो। १० खेलाडीमा समेटिएको ब्रेस्ट विरुद्धको खेलमा पिएसजीले बलमा राम्रो नियन्त्रण राखेको थियो।

पिएसजीको जितमा किलियन एम्बाप्पे, ड्यानिलो परेरा र गोन्कालो रामोसले एक-एक गोल गरे। पाहुना टोलीका लागि भने स्टीव मौनीले एक गोल गरे।

खेलमा भएका चार मद्ये २ गोल पहिलो हाफमा भएका थिए भने दोस्रो हाफमा दुई गोल भए। खेलको ३४ औं मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो।

त्यसको केहि मिनेट नबित्दै पिएसजीले अग्रता दोब्बर बनायो। खेलको ३७ औं मिनेटमा परेराले पिएसजीका लागि दोस्रो गोल गरे। खेलको ६५ औं मिनेटमा ब्रेस्टले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गर्यो।

खेलको ६९ औं मिनेटमा पाहुना टोली १० खेलाडी मा सिमित हुन पुग्यो। निर्धारित ९० मिनेट पछि थप भएको इन्ज्युरी समयको दोस्रो मिनेटमा रामोसले गोल गरेसंगै पिएसजीको ३-१ को जित पक्का भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *