September 20, 2024

एजेन्सी – केहि खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने रियल म्याड्रिड लेजेण्ड टोनी क्रुसले रियलमै आफ्नो करियरको अन्त्य गर्न चाहन्छन्।

स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले जर्मन मिडफिल्डर टोनी क्रुसले रियलमै आफ्नो करियरको अन्त्य गर्न चाहेको दावी गरेका हुन्। क्रुसले म्याड्रिडलाई आफ्नो अन्तिम क्लबको रूपमा हेरिरहेको स्पेनिस आउटलेट रेलेभोले जनाएको छ।

जर्मन १० वर्षदेखि सान्टियागो बर्नाबेउमा रहेका छन्। उनी सन् २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल म्याड्रिड आइपुगेका थिए। त्यसयता उनले रियलका लागि निरन्तर खेलेका छन्।

क्रुसले म्याड्रिडसँग ठूलो सफलताको स्वाद चाखेका छन्। उनले अहिले सम्म रियलका लागि कुल ४ सय ४७ खेल खेलेका छन्। यस बीचमा उनले चार च्याम्पियन्स लिग र तीन लालिगा उपाधि सहित कुल २१ उपाधि जितेका छन्।

जर्मनीका पूर्व अन्तर्राष्ट्रिय खेलाडीको रियल म्याड्रिडसँगको हालको सम्झौता सिजनको अन्त्यमा सकिँदैछ। उनी यस सिजन कार्लो एन्सेलोट्टीको टोलीको प्रमुख सदस्यको रुपमा रहेका छन्।

उनले यस सिजन रियलका लागि ३० खेल खेलेका छन्। जसमा उनले सात गोल गरेका छन् भने एक असिस्ट प्रदान गरेका छन्। क्रुसलाई साउदी अरब देखि प्रस्ताव आउने अनुमान गरिएको छ। तर उनी रियलमै रहन चाहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *