September 20, 2024

एजेन्सी – प्रिसिजनका क्रममा एसिया भ्रमणमा रहेको अमेरिकी क्लबले पछिल्लो समय केहि मैत्रीपूर्ण खेलहरु खेल्यो। मियामीले साउदी सँग-संगै हङकङ र जापानमा पनि खेल्यो।

सबै खेलहरुमा सधैं मेस्सीकै चर्चा रह्यो। सबै खेलहरुमा मेस्सी नै आकर्षणको केन्द्र थिए। मेस्सीले एसिया भ्रमणका क्रममा अल हिलाल बाहेकका अन्य खेलमा खासै खेलेनन्।

अल नासर विरुद्ध खेलको अन्त्यमा मैदान प्रवेश गरेका उनले हङकङमा भने एक मिनेटमा खेलेनन्। मेस्सीको खेल हेर्न नपाएपछि हङकङका फुटबल प्रेमी मेस्सीसंग क्रुद्द भएका छन्।

हङकङबाट मेस्सी र मेस्सीको टोली हिँडेको कयौं दिन बितिसक्दा पनि त्यहाँ मेस्सीले नखेलेको विषय अझै मथ्थर हुन सकिरहेको छैन। त्यहाँका मिडिया र टेलिभिजनमा अझै पनि मेस्सीले नखेलेको विषयले नै स्थान पाइरहेका छन्।

यसैबीच हङकङका सांसद रेजिना आईपीले हङकङका जनताले अब मेस्सी, इन्टर मियामीलाई घृणा गर्ने बताएकी छन्। एक कुराकानीका क्रममा उनले मेस्सीलाई कहिल्यै हङकङ फर्कन दिन नहुने बताएकी हुन्।

“हङकङका जनताले मेस्सी, इन्टर-मियामी र उनीहरूका पछाडिको कालो हातलाई जानाजानी र गणना गरिएको स्नबका लागि घृणा गर्छन्। मेस्सीलाई कहिल्यै हङकङ फर्कन दिनु हुँदैन। मेस्सी झुठा र कपटी रहेछन्।”,एक कुराकानीका क्रममा उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *