September 20, 2024

एजेन्सी – साउदी फुटबलमा अल नासर र अल हिलाल बीच लामो समय देखि प्रतिष्पर्धा रहँदै आएको छ। दुवै क्लब एक अर्काका ठूला प्रतिष्पर्धी हुन्।

यस्तोमा अल हिलालका समर्थकहरु अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई चिढ्याउन प्राय जसो अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नारा लगाउँछन्।

यो क्रम रोनाल्डोको आगमन देखि नै जारी छ। बिहिबार राति पनि अल हिलाल समर्थकहरुले सो क्रमलाई जारी राखे। उनीहरुले रोनाल्डोलाई चिढ्याउन ‘मेस्सी-मेस्सी’को नारा लगाए।

स्टेडियममा मेस्सी-मेस्सीको नारा लाग्दा रोनाल्डो केहि रिसाए। खेलको अन्त्य तीर अल हिलालका समर्थकले मेस्सीको नाममा चर्को नारा लगाएका थिए। जसकारण रोनाल्डो केहि क्रिधित मुद्रामा देखिएका थिए।

तर रोनाल्डोले फ्यानहरूलाई बेवास्ता गर्नुको सट्टा अझै नारा लगाउन संकेत गरे। बिहिबार राति भएको खेलमा अल नासर अल हिलालसंग पराजित भएको थियो।

बलमा राम्रो नियन्त्रण राखेपनि अल नासरका फरवार्डहरुले गोल गर्न नसक्दा अल नासर पराजित हुन पुग्यो। अल नासरलाई २-० को गोल अन्तरले पराजित गर्दै हिलालले रियाद सिजन कप जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *