December 23, 2024

एजेन्सी – रियाद सिजन कप फुटबल प्रतियोगिताको फाइनलमा साउदी फुटबलका दुई फुटबल क्लब आमने-सामने भए। सो खेलमा डब्लूडब्लूई सुपर स्टार ‘अन्डरटेकर’लाई विशेष अतिथिको रुपमा निम्त्याइएको थियो।

खेल अगाडी उनैले प्रतियोगिताको ट्रफी अनावरण गरे। डब्लूडब्लूई सुपर स्टार ‘अन्डरटेकर’ले आफ्नो अन्दाजमा रियाद सिजन कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरेका थिए।

अल नासर र अल हिलालका सबै खेलाडीले लामवद्ध भएर सो ट्रफी अनावरणमा भाग लिए। ‘अन्डरटेकर’ले आफ्नो अन्दाजमा रियाद सिजन कप फुटबल प्रतियोगिताको ट्रफी उचाल्दा अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दंग देखिएका थिए।

५८ वर्षीय मार्क विलियम कालावे अर्थात अन्डर टेकरले अनावरण गरेको सो ट्रफी उचाल्न भने रोनाल्डोले पाएनन्। अल नासर र अल हिलाल बीचको फाइनलमा अल नासर पराजित भयो।

बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा अल नासर अल हिलालसंग पराजित हुन पुग्यो। खेलभर अल नासरले बलमा ५६ प्रतिशत नियन्त्रण राखेको थियो। अल नासरको तर्फबाट खेलभर कुल १४ प्रहार भएका थिए। त्यसमद्ये २ प्रहार मात्रै टार्गेटमा थिए।

त्यस्तै अल हिलालको तर्फबाट खेलमा १० प्रहार भएकोमा ६ प्रहार टार्गेटमा थिए। जसमद्ये २ प्रहार गोलमा परिणत समेत भए। हिलालका लागि सेर्गेज मिलिनकोभिच सेभिच र सालेम अल्दावासरीले गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *