September 20, 2024

एजेन्सी – रियाद सिजन कप फुटबल प्रतियोगिताको फाइनलमा साउदी फुटबलका दुई फुटबल क्लब आमने-सामने भए। अल नासरलाई पराजित गर्दै अल अल हिलालले उपाधि जित्यो।

खेलभर अल हिलालका समर्थकले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई चिढ्याउन निरन्तर अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नामको नारा लगाए। त्यो देख्दा रोनाल्डो केहि क्रोधित समेत हुन पुगे।

रोनाल्डोलाई चिढ्याउन पटक-पटक ‘मेस्सी-मेस्सी’को नारा लगाएका थिए। अल हिलाल समर्थकले मेस्सीको नामको नारा लगाउँदा रोनाल्डोले भने,”म क्रिस्टियानो हुँ, मेस्सी होइन।”

बलमा राम्रो नियन्त्रण राखेपनि अल नासरका फरवार्डहरुले गोल गर्न नसक्दा अल नासर पराजित हुन पुग्यो। अल नासरलाई २-० को गोल अन्तरले पराजित गर्दै हिलालले रियाद सिजन कप जित्यो।

अल हिलालले गत समर ट्रान्सफर विन्डोमा मेस्सीलाई भित्र्याउन खोजेको थियो। अल हिलालले बिलियन युरोको प्रस्ताव गर्दा पनि मेस्सीले साउदी नजाने निर्णय गरेका थिए।

दुवै क्लब एक अर्काका ठूला प्रतिष्पर्धी हुन्।यस्तोमा अल हिलालका समर्थकहरु अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई चिढ्याउन प्राय जसो अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नारा लगाउँछन्। यो क्रम रोनाल्डोको आगमन देखि नै जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *