September 20, 2024

एजेन्सी – लालिगाको महत्वपूर्ण खेल अगाडी स्पेनिस महारथी रियल म्याड्रिडलाई ठूलो राहत मिलेको छ। लालिगाको महत्वपूर्ण खेलमा जिरोनाको सामना गर्नु अगाडी दुई घाइते खेलाडी फिर्ता भएसंगै रियल म्याड्रिडलाई ठूलो राहत मिलेको हो।

जिरोना विरुद्धको खेलका लागि रियलका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर र जर्मन डिफेन्डर एन्टोनियो रुडिगर रियलको स्क्वाडमा फिर्ता भएका छन्।

उच्च-प्रत्याशित शोडाउन अगाडी रियलले सबैभन्दा प्रभावशाली आक्रमणकर्ता र सबै भन्दा उत्कृष्ट डिफेन्डरलाई फिर्ता पाएका छन्। भिनिसियस जुनियरले म्याड्रिड डर्बीमा खेल्न सकेका थिएनन्।

ब्राजिलियनले यस सिजन रियलका लागि कुल खेलमा ११ गोल गरेका छन् भने ५ असिस्ट प्रदान गरेका छन्। उनको उपस्थितिले पक्कै पनि जिरोना विरुद्धको खेलमा रियललाई जित दिलाउन सक्छ।

त्यस्तै एन्टोनियो रुडिगर यस सिजन डिफेन्समा रियलका लागि धेरै राम्रो देखिएका छन्। उनले यस सिजन रियलका लागि ३० खेल खेलिसकेका छन्। जसमा रियलले १३ क्लिन सिट राखेको छ।

रियल र जिरोना सीजनको सुरुवात देखि नै लालिगाको शिर्ष स्थानका लागि एक अर्कासंग प्रतिष्पर्धा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *