September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियामा आएका खबरहरुलाई मान्ने हो भने प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना स्टार लिभरपुललाई आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ।

क्लबका प्रशिक्षक योर्गेन क्लोपले क्लब छाड्ने घोषणा गरिसकेपछि लिभरपुलले सलाहलाई आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना बनाएको विभिन्न खेल मिडियाहरुको दावी छ।

क्लोपले केहि समय अगाडी एक्कासी क्लब छाड्ने घोषणा गरेका थिए। यस सिजनको अन्त्य पश्चात क्लब छाडेर जाने क्लोपले सार्वजनिक घोषणा गरिसकेका छन्।

यससंगै सलाहलाई लिभरपुलले बिक्री गर्न सकने सम्भावना बढेको छ। सलाहलाई गत समर ट्रान्सफर विन्डोमा साउदी क्लब अल इत्तिहादले भित्र्याउन चाहेको थियो।

त्यसबेला उसले सलाहका लागि १ सय ५० मिलियन युरो भन्दा बढीको ट्रान्सफर रकम प्रस्ताव गरेको थियो। तर लिभरपुलले सो प्रस्ताव सिधै अस्विकार गरेको थियो।

तर आगामी समरमा भने लिभरपुलले सलाहका लागि अफरहरु सुन्न सक्ने सम्भावना देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *