September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च स्टार किलियन एम्बाप्पे बीचको संवाद सहि बाटोमा रहेको थाहा हुन आएको छ। विभिन्न खेल मिडियाहरुले एम्बाप्पे र रियल म्याड्रिड बीचको ट्रान्सफर संवाद सहि ट्रयाकमा रहेको दावी गरिरहेका छन्।

ट्रान्सफर बजारका भरपर्दा जानकार फब्रिजियो रोमानोले पनि रियल र एम्बाप्पे बीचको संवाद सहि बाटोमा रहेको पुष्टि गरेका छन्। यधपी ट्रान्सफर पक्का भने भइनसकेको रोमानोको भनाई छ।

रियलले लामो समय देखि एम्बाप्पेलाई भित्र्याउन प्रयास गरिरहेको छ। सन् २०२२ मा रियल एम्बाप्पे भित्र्याउने कदमको धेरै नजिक थियो। तर त्यसबेला रियललाई अन्तिम समयमा असफलता मिलेको थियो।

विभिन्न कारणले गर्दा एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)संगको सम्झौता दुई वर्षका लागि थप गरेका थिए। सो सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ।

एम्बाप्पेले गत समर ट्रान्सफर विन्डोमा आफू पिएसजीसंगको सम्झौता थप नगर्ने स्पष्ट पर्दै पिएसजीलाई पत्र पठाएका थिए। त्यसपछि दुई पक्ष बीचको सम्बन्ध बिग्रिएको थियो।

तर अहिले दुई पक्ष बीचको सम्बन्द सुधारोन्मुख देखिएको छ। पिएसजीले एम्बाप्पेलाई कम्तिमा एक वर्ष सम्झौता थप गर्न मनाउन प्रयास गरिरहेको छ। तर एम्बाप्पे पिएसजीमा रहने भन्दा पनि रियल जाने पक्षमा देखिएको रिपोर्टहरु आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *