September 19, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोना गएको केहि सिजन देखि चरम आर्थिक संकटसंग जुधिरहेको छ। आर्थिक संकटका कारण बार्सिलोनाले इच्छा अनुसारका खेलाडी समेत भित्र्याउन सकिरहेको छैन।

कुनै बेला ट्रान्सफर मार्केटमा आक्रामक रुपमा उत्रिने गरेको बार्सिलोना पछिल्लो समय भन्दा शान्त छ। आर्थिक संकटले गर्दा बार्सिलोनाले फ्री ट्रान्सफरमा उपलब्ध हुने खेलाडीहरुमा भर पर्न परिरहेको छ।

यस्तोमा पछिल्लो एक खबरका अनुसार बार्सिलोना थप आर्थिक संकटमा पर्न सक्छ। गैरकानूनी कारोबारको कारण बार्सिलोना माथि आर्थिक जरिवाना हुन सक्ने र त्यसले बार्सिलोनाको संकट थप बढाउने विभिन्न खेल मिडियाहरुले दावी गरिरहेका छन्।

सो जरिवाना २३ मिलियन युरो सम्म हुन सक्ने रिपोर्ट गरिएको छ। पूर्व अध्यक्ष जोसेप बार्टोमेउको कार्यकालमा भएको केहि गल्तीका कारण बार्सिलोनाले जरिवाना तिर्न पर्ने हुन सक्छ।

सन् २०१२ देखि सन् २०१५ सम्म बार्सिलोनाले एजेन्ट शुल्कमा गलत रूपमा कर तिरेको आरोप खेपिरहेको छ। केन्द्रीय आर्थिक-प्रशासनिक अदालत (TEAC) ले यस विषयमा हालै प्रारम्भिक निर्णय गरेको बताइएको छ।

क्लबले पहिले जुन 2020 को TEAC को निर्णयको विरुद्धमा अपील गरेको थियो। तर बार्सिलोनालाई त्यसले खासै राहत दिन सकेन। आर्थिक संकट बढ्दै जाँदा बार्सिलोना थप समस्याम पर्ने देखिन्छ।

आगामी समर ट्रान्सफर विन्डोमा खेलाडी भित्र्याउनको लागि बार्सिलोनाले कम्तीमा १ सय मिलियन युरो जुटाउन आवश्यक देखिएको छ। नत्र फाइनान्सियल फेयर प्लेको उल्लङ्घन नगरी बार्सिलोनाले खेलाडी भित्र्याउन नसक्ने स्पेनिस मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *