September 19, 2024

एजेन्सी – जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखलाई नराम्रो झड्का लागेको छ। सिजनको सबै भन्दा महत्वपूर्ण खेलमा पराजित भएसंगै बायर्नलाई नराम्रो झड्का लागेको हो।

शनिबार राति बायर्न बायर लेभरकुसेनसंग लज्जास्पद तरिकाले पराजित भयो। बायर लेभरकुसेनको घरेलु मैदानमा भएको खेलमा बायर्न ३-० को गोल अन्तरले पराजित भयो।

बलमा राम्रो नियन्त्रण राखेपनि बायर्न आक्रमणमा चुक्यो। बायर्नले बलमा कुल ६१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बायर्नको तर्फबाट ९ प्रहार भएका थिए।

जसमद्ये मात्र एक प्रहार टार्गेटमा थियो। तर उता घरेलु टोली बायर लेभरकुसेनले भने बलमा कम नियन्त्रण राखेपनि खेलभर कुल १४ प्रहार गरेको थियो। जस मद्ये ८ प्रहार टार्गेटमा थिए भने तीन प्रहार गोलमा पनि परिणत भए।

घरेलु टोलीका लागि जोसिप स्टानिसिच, एलेक्स ग्रिमाल्डो र जेरेमी फ्रिपोङले एक-एक गोल गरे। पहिलो हाफमा १-० को अग्रता पाएको बायर लेभरकुसेनले दोस्रो हाफमा एक तथा इन्ज्युरी समयमा एक-एक गोल थपेको थियो।

यस जितसंगै बायर लेभरकुसेनले जर्मन लिगमा स्पष्ट ५ अंकको अग्रता पाएको छ। सिजनका २१ खेल खेल्दा बायर लेभरकुसेनले कुनै पनि खेलमा पराजय भोग्नु परेको छैन।

बायर लेभरकुसेनले १७ खेलमा जित निकाल्दा ४ खेलमा बराबरी खेल्दै ५५ अंक बनाएको छ। १६ जित, २ बराबरी र ३ हार सहित बायर्नको ५० अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *