September 19, 2024

एजेन्सी – प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। प्रिमियर लिगको २३ औं खेलमा सिटीले एभर्टन माथि सहज जित निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीले एभर्टनलाई २-०को गोल अन्तरले पराजित गर्यो। सिटीका लागि दुवै गोल नर्वेली युवा स्टार एर्लिङ हालाण्डले गरेका थिए।

पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपनि सिटीका लागि हालाण्डले खेलको ७१ र ८५ औं मिनेटमा गोल गरेका थिए। यस जितसंगै सिटीले २३ खेलबाट ५२ अंक बनाएको छ।

हालाण्डको रेकर्ड

एभर्टन विरुद्ध गोल गरेसंगै हालाण्डले नयाँ रेकर्ड आफ्नो नाममा गराएका छन्। एभर्टन विरुद्ध २ गोल गरेपछि हालाण्ड प्रिमियर लिगका ५० खेलमा ५० गोल गर्ने पहिलो खेलाडीको रेकर्ड बनाएका हुन्।

हालाण्डले प्रिमियर लिगका ५० खेलमा ५१ गोल गरिसकेका छन्। केहि समय अगाडी घाइते भएका हालाण्डले शनिबार इतिहाद स्टेडियममा दुई महिनापछि सुरुवात गरेका थिए।

हालाण्ड सिटी आएदेखि नै निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। गत सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बनेका उनले कुल ३६ गोल गरेका थिए।

यस सिजन पनि घाइते हुनु भन्दा अगाडी उनी निरन्तर गोल गरिरहेका थिए। प्रिमियर लिगको जारी सिजनमा हालाण्डले अहिले सम्म १६ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *