September 20, 2024

एजेन्सी – शनिबार राति स्पेनिस महारथी रियल म्याड्रिडले लालिगाको महत्वपूर्ण खेलमा जिरोनाको सामना गर्यो। रियलले घरेलु मैदानमा जिरोना माथि ४-० को सानदार जित निकाल्यो।

रियलको जितमा भिनिसियस जुनियर, जुड बेलिङ्घम र रोड्रीगोले गोल गरे। त्यसमद्ये बेलिङ्घम दुई गोल गरेका थिए। बेलिङ्घम पहिलो र दोस्रो दुवै हाफमा गोल गर्न सफल भएका थिए।

खेलको ३५ औं मिनेटमा रियलका लागि दोस्रो र व्यक्तिगत पहिलो गोल गरेका बेलिङ्घमले खेलको ५४ औं मिनेटमा पनि गोल गरेका थिए। यससंगै लालिगाको जारी सिजनमा उनले गोल संख्या १६ पुगेको छ।

यसै सिजन रियल आइपुगेका उनले लालिगामा २१ खेल खेलेका छन्। जसमा उनले ३ असिस्टको योगदान पनि दिएका छन्। जिरोना विरुद्ध २ गोल गरेसंगै बेलिङ्घमले रियल खेलाडीहरुको एक दुर्लभ सूचीमा स्थान बनाएका छन्।

बेलिङ्घम डेब्यू सिजनमा रियलका लागि १५ गोलको आँकडा पार गर्ने पाँचौ खेलाडी बनेका छन्। सो सूचीमा क्रिस्टियानो रोनाल्डो, ब्राजिलियन रोनाल्डो , ग्यारेथ बेल र रुड भान निस्टेलरोय जस्ता खेलाडी रहेका छन्।

पहिलो सिजनमै १५ भन्दा बढी गोल गरेका उल्लेख खेलाडीहरु मद्ये क्रिस्टियानो, ब्राजिलियन रोनाल्डो र बेलले रियलका लागि १ सय भन्दा बढी गोल गरेका थिए। रुड भान निस्टेलरोयले मात्र रियलका लागि ६४ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *