September 19, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ। शनिबार राति पिएसजीले घरेलु मैदानमा लिल माथि सानदार जित निकालेको हो।

फ्रेन्च स्टार किलियन एम्बाप्पे बिना नै मैदानमा उत्रिएको पिएसजीले लिललाई ३-१ को गोल अन्तरले पराजित गर्यो। पिएसजीका लागि पिर्चुगिज फरवार्ड गोन्कालो रामोस र कोलो मुआनीले एक-एक गोल गर्दा एक गोल भने उपहारमा पायो।

खेलको छैठौं मिनेटमा पाहुना टोलीले अग्रता पाएको थियो। लिलका लागि युसुफ याजिसीले गोल गरेका थिए। तर त्यसको केहि मिनेटमै रामोसको गोलबाट पिएसजीले बराबरी गर्यो।

रामोसले खेलको १० औं मिनेटमा गोल गरेका थिए। खेलको १७ औं मिनेटमा लिलका सान्ड्रो रिबिएरोको आत्मघाती गोल गरे। जससंगै पिएसजीले २-१ को अग्रता पायो।

त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट थप गोल भएनन्। तर खेलको ८० औं मिनेटमा पिएसजीका लागि मुआनीले गोल गरे। उनको गोलसंगै पिएसजी ३-१ को गोल अन्तरले विजयी भयो।

शनिबार पिएसजीले एम्बाप्पेलाई खेलाएको थिएन। यस जितसंगै पिएसजीले फ्रेन्च लिग वानमा ११ अंकको अग्रता बनाएको छ। पिएसजी २१ खेलमा १५ जित र १ हार सहित ५० अंक बनाएर शिर्ष स्थानमा छ। पराजित लिल ३५ अंक सहित चौंथो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *