September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले शनिबार राति जिरोनाको सामना गर्यो। घरेलु मैदानमा भएको खेलमा रियलले सानदार प्रदर्शन गर्दै जिरोनालाई ४-० को गोल अन्तरले हरायो।

जिरोनाको सामना गर्दा रियल समर्थकले निशाना भने बार्सिलोनाका प्रशिक्षक जाभीलाई मनाए। खेलका दौरान रियल समर्थकले जाभीलाई निशाना बनाउँदै नारा लगाएका थिए।

यस सिजनको अन्त्यमा बार्सिलोना छाड्ने घोषणा गरिसकेका जाभीलाई लक्ष्य गर्दै रियल समर्थकले ‘”जाभी क्वेडेट” भनेर नारा लगाएका थिए। रियल समर्थकले लगाएको सो नाराको अर्थ हन्छ ‘जाभी बार्सिलोना छाडेर नजाउ’।

पहिलो सिजनमा बार्सिलोनालाई राम्रो सफलता दिलाएपनि बार्सिलोनाले यस सिजन भने खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। बार्सिलोना अहिले लालिगाको तेस्रो स्थानमा छ।

सिजनका २३ खेल खेल्दा बार्साले १५ खेलमा जित निकाल्दा ३ पराजय भोगेको छ। त्यस्तै ५ खेलमा बराबरी खेल्दा उसले ५० अंक बनाएको छ। एक खेल कम खेलेको उ रियल भन्दा १० अंकले पछि परिसकेको छ।

बार्सिलोनाको कम्जोर प्रदर्शन संगै जाभीले केहि साता अगाडी सिजनको अन्त्यमा बार्सिलोना छाडेर जाने घोषणा गरेका थिए। जाभीको सो घोषणालाई ट्रोल गर्दै रियल समर्थकले ‘छाडेर नजाउ जाभी’ भन्दै नारा लगाएको बुझ्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *