January 13, 2025

एजेन्सी – लालिगा उपाधि होडमा महत्वपूर्ण पकड जमाउन खोजिराहेका बेला स्पेनिस महारथी रियल म्याड्रिडलाई झड्का लागेको छ। क्लबका महत्वपूर्ण खेलाडी घाइते भएसंगै रियललाई झड्का लागेको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार क्लबक महत्वपूर्ण मिडफिल्डर स्टार जुड बेलिङ्घम घाइते भएका छन्। शनिबार जिरोना विरुद्धको खेलमा बेलिङ्घमको खुट्टामा चोट लागेको बताइएको छ।

जिरोना विरुद्धको खेलमा बेलिङ्घमले सानदार प्रदर्शन गरेका थिए। उनले जिरोना विरुद्ध दुई गोल गरेका थिए। तर खेलको बीचमै उनले मैदान छाड्न परेको थियो।

उनीलाई जिरोना विरुद्धको महत्वपूर्ण खेलको ५७ औं मिनेटमा प्रतिष्थापन गरिएको थियो। उनको बायाँ खुट्टामा उच्च-स्तरीय स्प्रेन देखिएको क्लबले जनाएको छ।

“रियल म्याड्रिड मेडिकल सर्भिसद्वारा बेलिङ्घममा गरिएको परीक्षण पछि उनको बायाँ खुट्टामा स्प्रेन भएको थाहा हुन आएको छ। उनको रिकभरी अनुगमन गरिनेछ।”,रियलले आधिकारिक वेबसाइट मार्फत भनेको छ।

खुट्टामा लागेको चोटका कारण उनले केहि साता गुमाउने छन्। उनी २-३ साता खेल मैदान बाहिर हुन सक्ने पत्रकार जोस लुइस सान्चेजले रिपोर्ट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *