September 21, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने प्रिमियर लिग क्लब लिभरपुलले योर्गेन क्लोपको स्थान लिन सक्ने एक प्रशिक्षकलाई सम्पर्क गरेको छ।

लिभरपुलले क्लोपको स्थान लिन सक्ने सम्भावित प्रशिक्षकको रुपमा जाबी अलोन्सोलाई पहिचान गरेको र उनलाई क्लबले सम्पर्क गरेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

केहि समय अगाडी मात्रै जर्मन प्रशिक्षक क्लोपले लिभरपुल छाड्ने घोषणा गरेका थिए। क्लबमा आवद्ध भएको लामो समय पछि यस सिजनको अन्त्यमा क्लब छाडेर जाने क्लोपको घोषणा थियो।

क्लोपको सो घोषणा पछि लिभरपुलले अहिले देखि नै क्लबका लागि नयाँ प्रशिक्षकको खोजि सुरु गरेको छ। यस्तोमा क्लबका पूर्व खेलाडी समेत रहेका जाबी अलोन्सोलाई लिभरपुलले शिर्ष स्थानमा राखेको छ।

जाबी अलोन्सो अहिले जर्मन क्लब बायर लेभरकुसेनको मुख्य प्रशिक्षकको रुपमा रहेका छन्। जर्मनीले उनले धेरै राम्रो गरिरहेका छन्। उनको नेतृत्वमा बायर लेभरकुसेन बुन्डेसलिगा च्याम्पियन बन्ने दौडमा छ।

लेभरकुसेन अहिले जर्मन लिगको शिर्ष स्थानमा छ। उसले शनिबार राति मात्र बायर्न म्युनिखलाई पराजित गरेको थियो। लेभरकुसेनमा धेरै राम्रो गरिरहेका अलोन्सो लिभरपुलका लागि उचित प्रशिक्षक हुने धेरैको भनाई रहने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *