September 20, 2024

एजेन्सी – दक्षिण अमेरिकाबाट अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्थान पक्का गरेको छ। ब्राजिललाई पराजित गरेसंगै अर्जेन्टिनाले सन् २०२४ ओलम्पिक फुटबलमा स्थान पक्का गरेको हो।

दक्षिण अमेरिकी प्रि-ओलम्पिक प्रतियोगितामा सोमबार अर्जेन्टिनाले ब्राजिललाई १-० को गोल अन्तरले पराजित गर्यो। एस्टाडियो नेसियोनल ब्रिगिडो इरीआर्टे स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले बलमा राम्रो नियन्त्रण राख्दै जित निकाल्यो।

खेलभर अर्जेन्टिनाले बलमा ६१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर अर्जेन्टिनाको तर्फबाट कुल १४ प्रहार भएका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा परिणत भयो।

ब्राजिलले भने खेलभर ९ प्रहार गर्दा ३ प्रहार टार्गेटमा प्रहार गरेको थियो। तर कुनै पनि प्रहार गोलमा परिणत हुन सकेनन्। अर्जेन्टिनाका लागि लुसियानो गोन्डौले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए।

उनले गरेको गोल नै निर्णायक बन्यो। यससंगै सन् २०२४ ओलम्पिक फुटबलमा अर्जेन्टिनाले स्थान बनाएको छ। दक्षिण अमेरिकाबाट दुई टोलीले ओलम्पिकमा स्थान बनाउनेछन्।

ओलम्पिक छनोटबाट ब्राजिल भने बाहिरिएको छ। ब्राजिलले रियो दि जेनेरियो र टोकियो ओलम्पिकमा पुरुष फुटबलमा स्वर्ण जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *