September 20, 2024

एजेन्सी – पूर्व टोटेनहम हटस्पर र एएस रोमा स्टार मिडोले प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहको नेतृत्व क्षमतामा प्रश्न उठाएका छन्।

एक कुराकानीका क्रममा मिडोले सलाहको नेतृत्व क्षमतामा प्रश्न उठाएका हुन्। मिडोमा अनुसार सलाहसंग नेतृत्व गर्ने क्षमताको कमी छ र उनी एक लिडर होइनन्।

सलाह मानसिक रूपमा विकसित भएपनि पिचमा लिडरको भूमिका निभाउन असमर्थ देखिएको मिडोको भनाई छ। त्यहि कारणले गर्दा सलाहले लिभरपुलमा कप्तानको जिम्मेवारी नपाएको मिडोको भनाई छ।

“सलाह मानसिक रूपमा विकसित भएका छन्, तर उनी पिचमा कहिल्यै नेता हुन सकेनन्। सलाहले लिभरपुलका लागि कप्तानको आर्मब्यान्ड लगाएका छैनन्?”,मिडोले भने।

मिडोले अर्जेन्टिनाका लागि मेस्सी र पोर्चुगलका लागि रोनाल्डोले निभाएको जस्तो नेतृत्वदायी भूमिका निभाउन नसकेको बताउन छुटाएनन्। कप्तान हुँदा सलाहले उच्च स्तरमा खेल्न संघर्ष गर्ने गरेको उनको भनाई छ।

उनले भने,”इजिप्टको कप्तान बनेपछि सलाहलाई नकारात्मक असर परेको सबैलाई थाहै छ। आर्मब्यान्ड बिना उनी बढी स्वतन्त्रता हुन्छन् र कम दबाबमा पर्छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *