September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा चेल्सीले सानदार जित निकालेको छ। जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको चेल्सीले सोमबार राति भने सानदार जित निकालेको हो।

चेल्सीले सोमबार राति क्रिस्टल प्यालेसलाई उसकै घरेलु मैदानमा ३-१ को गोल अन्तरले पराजित गर्यो। चेल्सीले बलमा राम्रो नियन्त्रण राख्दै क्रिस्टल प्यालेसलाई पराजित गर्न सफल भएको हो।

खेलको ३० औं मिनेटमा घरेलु टोली प्यालेसका जेफरसन लेर्माले गोल गर्दै प्यालेसलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। तर दोस्रो हाफको सुरुवातमै चेल्सीले बराबरी गोल फर्कायो।

खेलको ४७ औं मिनेटमा सो गोल कोनर गल्लाघरले गरेका थिए। यस्तै निर्धारित ९० मिनेट पछि थप भएको इन्ज्युरी समयको पहिलो मिनेटमा उनै कोनर गल्लाघरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

इन्ज्युरी समयको चौंथो मिनेटमा एन्जो फर्नान्डेजले गोल गरे। जससंगै चेल्सीको ३-१ को जित पक्का भयो। यस जितसंगै चेल्सी प्रिमियर लिगको शिर्ष १० मा उक्लिएको छ।

चेल्सीले यस सिजन २४ खेल खेल्दा १० जित निकालेको छ भने १० खेलमा पराजय भोगेको छ। त्यस्तै ४ खेलमा बराबरी खेल्दा चेल्सीले ३४ अंक बटुलेको छ। त्यस्तै प्यालेस २४ अंक सहित १५ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *