September 19, 2024

एजेन्सी – क्लब फुटबलमा यति बेला सबै भन्दा बढी कुनै क्लबको चर्चा भइरहेको छ भने त्यो जर्मन क्लब बायर लिभरकुसेन हो। लिभरकुसेनले जारी सिजनमा जुन स्तरको प्रदर्शन गरिरहेको छ त्यसले धेरैलाई चकित बनाएको छ।

लिभरकुसेन यति बेला जर्मन बुन्डेसलिगाको शिर्ष स्थानमा छ। लामो समय पछि बुन्डेसलिगामा बायर्न म्युनिखको अधिपत्य तोडिने अवस्थामा छ। सिजनका २१ खेल खेल्दा बुन्डेसलिगामा लिभरकुसेन अहिले सम्म कुनै पनि खेलमा पराजित भएको छैन।

उसले २१ मद्ये १७ खेलमा जित निकालेको छ भने ४ खेलमा बराबरी खेलेको छ। केहि दिन अगाडी मात्रै लिभरकुसेनले बायर्नलाई ३-० को गोल अन्तरले पराजित गरेको थियो।

लिभरकुसेन यति बेला दोस्रो स्थानमा बायर्न भन्दा ५ अंकले अगाडी छ। लिभरकुसेन सन् २०२३-२४ को सिजन सुरु भएदेखि कुनै पनि खेलमा पराजित नभएको युरोपेली शिर्ष लिगको एक्लो टोली पनि हो।

शिर्ष डिभिजन लिगमा मात्र नभई लिभरकुसेन यस सिजन कुनै पनि खेलमा पराजित भएको छैन। यस सिजन सबै प्रतियोगितामा लिभरकुसेनले कुल ३१ खेल खेलेको छ। जसमध्ये २७ खेलमा जित निकाल्द उसले ४ बराबरी खेलेको छ।

क्लबको प्रशिक्षकमा जाबी अलोन्सोजको आगमन पछि नै क्लबको प्रदर्शनमा सुधार देखिएको थियो। सो सुधार अहिले पनि जारी छ। लिभरकुसेनले यहि लयलाई जारी राखे पक्कै पनि केहि उपाधि उचाल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *