December 23, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने स्पेनिस महारथी रियल म्याड्रिडले ब्याकअप प्लान बनाएको छ। किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड मद्ये एकलाई भित्र्याउन नसकिएको अवस्थालाई मद्यनजर गर्दै रियलले ब्याकअप प्लान बनाएको केहि स्पेनिस मिडियाहरुले दावी गरेका हुन्।

रियलको ब्याकअप प्लानमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका रासमस होएलन्ड रहेको स्पेनिस मिडिया डिफेन्सा सेन्ट्रलले जनाएको छ। रियलका प्रमुख स्काउट जुनी कालाफटले धेरै महिनादेखि होएलन्डलाई केहि समय देखि ट्रयाक गरिरहेको बताइएको छ।

एमबाप्पे र हालान्ड रियल म्याड्रिडका शीर्ष लक्ष्य हुन्। त्यसमा पनि एम्बाप्पे भित्र्याउन रियल गएको केहि समय देखि निरन्तर प्रयास गरिरहेको छ। यस पटक रियल एम्बाप्पे भित्र्याउने ढोकाको धेरै नजिक छ।

कुनै कारण एम्बाप्पेलाई भित्र्याउन नसकिएको खण्डमा हालाण्डलाई भित्र्याउने र दुवैलाई भित्र्याउन नसकिरहेको अवस्थाको लागि होएलन्डलाई ब्याकअप प्लानमा राखिएको बुझिएको छ।

डेनमार्क इन्टरनेशनललाई युनाइटेडको भविष्य र क्लबले लामो समयदेखि खोज्दै आएको दीर्घकालीन स्ट्राइकरको रूपमा हेरिन्छ उनले एरिक टेन ह्यागको पक्षमा सामेल हुँदा पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *