September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका ब्राजिलियन युवा स्टार रोड्रिगोले क्लबका भेट्रान लुका मोड्रिच आफ्नो लागि पिता समान रहेको बताएका छन्।

एक कुराकानीका क्रममा रोड्रिगोले मोड्रिच आफ्नो लागि पिता समान रहेको बताएका हुन्। मोड्रिचले कठिन समयमा पनि आफूलाई धेरै मद्दत गरेको रोड्रिगोले बताए।

रोड्रिगोका अनुसार मोड्रिचले उनलाई राम्रो खेल्न नसकिरहेको समयमा ढाडस दिएका थिए। मोड्रिचले आफूलाई चिन्ता नगर्नु भन्दै हौसला बढाएको रोड्रिगोले स्मरण गर्दै भने।

“मलाई रियल म्याड्रिडमा कसले सबैभन्दा धेरै मद्दत गरेको छ? म सधैं भन्छु कि लुका मोड्रिच मेरो लागि पिता जस्तै छन्। उनले सधैं कठिन क्षणहरूमा मलाई मद्दत गरेका छन्। मेरो कठिन समयमा उनी मसँग कुरा गर्थे र भन्थे – तिमि राम्रो खेल्छौं, चिन्ता नगर। उनले त्यसो भनेपछि मैले शान्त महसुस गर्न थाले र चीजहरू मेरो लागि राम्रो भयो।”,रोड्रिगोले भने।

रोड्रिगो क्लबमा आवद्ध भएदेखि नै रियल म्याड्रिडको आक्रमणमा निरन्तर उपस्थिति जनाइरहेका छन्। उनले हालसम्म लस ब्लान्कोसका लागि १ सय ९९ खेल खेलेका छन्।

अहिले सम्म उनले ५० गोल गरेका छन् भने ३९ असिस्ट प्रदान गरेका छन्। यस सिजनमा, ब्राजिलियनले १३ गोल गरेका छन् र प्रतियोगितामा ३४ वटा खेलमा सात सहयोग प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *