September 20, 2024

एजेन्सी -च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ का खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन्। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गतका खेलमा रियल र सिटी विजयी भएका हुन्।

मंगलबार राति सिटीले कोपनहेगनलाई पराजित गर्यो। कोपनहेगनको घरेलु मैदानमा भएको खेलमा सिटी ३-१ ले विजयी भयो। खेलभर बलमा राम्रो नियन्त्रण राखेर्को सिटीले निरन्तर आक्रमण गरेको थियो।

सिटीले खेलभर कुल २७ प्रहार गरेको थियो। जसमद्ये १३ प्रहार टार्गेटमा थिए भने ३ प्रहार गोलमा परिणत भए। सिटीका लागि केभिन डी ब्रुएना, बर्नार्डो सिल्भा र फिल फोडेनले एक-एक गोल गरे।

त्यस्तै घरेलु टोलीले भने खेलभा मात्र ४ प्रहार गरेको थियो। त्यसमद्ये एक मात्र प्रहार टार्गेटमा थियो भने सोहि प्रहार गोलमा परिणत भएको थियो। कोपेनहेगनका लागि म्याग्नस म्याट्ससनले गोल गरेका थिए।

यस्ती मंगलबार नै रियल म्याड्रिडले आरबी लाइप्जिंगलाई पराजित गर्यो। आरबी लाइप्जिंगको घरेलु मैदानमा भएको खेलमा रियलले लाइप्जिंग माथि संघर्ष पूर्ण जित निकाल्यो।

रियलको जितमा ब्राहिम डियाजले निर्णायक गोल गरे। खेलको ४८ औं मिनेटमा उनले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *