September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सानदार जित निकालेपनि सिरीलाई झड्का लागेको छ। महत्वपूर्ण खेलाडीहरु घाइते भएसंगै सिटीलाई झड्का लागेको हो।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सिटीले मंगलबार राति कोपेनहेगनको सामना गर्यो। सो खेलमा सिटी ३-१ गोल अन्तरले विजयी हुन पुग्यो।

सिटीका लागि केभिन डी ब्रुएना, बर्नार्डो सिल्भा र फिल फोडेनले एक-एक गोल गरे। कोपेनहेगन माथि जित निकालेपनि मंगलबार सिटीका तीन खेलाडी घाइते हुन पुगे।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ज्याक ग्रेलिस, बर्नार्डो सिल्भा र जोस्को ग्वार्डियोल घाइते भएको पुष्टि गरे। खेलपछि पत्रकारहरुसंग कुराकानी गर्ने क्रममा तीन खेलाडीलाई चोट लागेको बताए।

ग्वार्डिओलाले मिडफिल्डरलाई मांसपेशीमा समस्या भएको पुष्टि गरे र दोस्रो हाफमा बर्नार्डो सिल्भालाई पनि बाहिर निकाल्नुपर्दा उनको खुट्टामा चोट लागेको खुलासा गरे।

जोस्को ग्भार्डियोल खुट्टाको लिगामेन्टमा चोट लागेपछि तीन सातासम्म मैदान बाहिर रहने पनि उनले खुलासा गरेका छन्। केहि समय अगाडी मात्रै सिटीले पूरा स्क्वाड फिट पाएको थियो।

डी ब्रुएना र एर्लिङ हालाण्ड चोटबाट फर्किँदा सिटीलाई ठूलो राहत मिलेको थियो। तर सिटीलाई एक साथ तीन चोटले सताउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *