September 20, 2024

एजेन्सी – नेदरल्याण्ड्सका लिजेण्ड मार्को भान बास्टेनले हालै बार्सिलोनाका पूर्व खेलाडी लियोनेल मेस्सी फुटबल इतिहाँसकै उत्कृष्ट फ्रीकिक टेकर रहेको बताएका छन्।

हालसालै एक कुराकानीका क्रममा मार्को भान बास्टेनले मेस्सी फुटबल इतिहाँसकै उत्कृष्ट फ्रीकिक टेकर रहेको बताएका हुन्। फ्रीकिक प्रहार गर्ने मामलामा मेस्सी इतिहाँसकै उत्कृष्ट खेलाडी रहेको उनको भनाई छ।

हालसालै एक अन्तर्वार्ताका क्रममा अन्तिम डेड-बल विशेषज्ञ कसलाई मान्छन् भनेर प्रश्न गरिएको थियो। तीन पटक बालोन डी’ओर जितिसकेका बास्टेनले स्पष्ट रुपमा मेस्सीको नाम लिए।

इन्टर मियामी स्टारसंग फ्रि-किक्सको सन्दर्भमा सानदार रेकर्ड छ। उनले अहिले सम्म ६५ फ्रिकिक गोल गरिसकेका छन्। यस मामलामा उनी रोनाल्डो भन्दा अगाडी छन्।

मेस्सीका ६५ स्ट्राइकमध्ये ५० बार्सिलोनाको जर्सीमा आएका थिए भने अर्जेन्टिनासँग थप ११ गोल गरेका थिए। ३६ वर्षीय लेजेन्डले पेरिस सेन्ट जर्मेन र इन्टर मियामीका लागि दुई–दुई फ्रि–किक पनि गरेका छन् ।

फुटबल इतिहाँसमा सबै भन्दा बढी फ्रिकिक गोल गर्ने खेलाडीको सूचीमा मेस्सी पाँचौ स्थानमा छन्। भिक्टर लेग्रोटाग्लीले ६६ फ्रिकिक गोल गर्दा, रोनाल्डिन्होले ६८ गोल फ्रिकिकमा गरेका छन्।

यस्तै पेलेको नाममा ७० फ्रिकिक गोल छ। सबै भन्दा बढी फ्रिकिक गोल गर्ने खेलाडीको रुपमा जुनिन्हो रहेका छन्। उनले ७७ फ्रिकिक गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *