September 19, 2024

एजेन्सी – रियल म्याड्रिडका फ्रेन्च मिडफिल्डर ओरेलियन चुआमेनीले पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पेको सम्भावित रियल म्याड्रिड आगमन बारे क्लबको लकर रुममा चर्चा हुने गरेको स्वीकारेका छन्।

एक कुराकानीका क्रममा मिडफिल्डर ओरेलियन चुआमेनीले एम्बाप्पेका बारेमा रियलको ड्रेसिङ रुपमा कुराकानी हुने गरेको बताएका हुन्। रियलका खेलाडीहरु बीच एम्बाप्पेका बारेमा कुराकानी हुने गरेको उनको भनाई छ।

त्यसक्रममा उनले एम्बाप्पेको विषयमा आगामी केहि साता भित्रै टुंगो लागोस् भन्ने आफूहरुले चाहेको बताउन पनि छुटाएनन्। उनका अनुसार एम्बाप्पे विषयमा निरन्तर रियल म्याड्रिडमा चर्चा भइरहेको छ।

“हामी लकर रुममा यसको बारेमा कुरा गर्छौं, किनकि हामीलाई थाहा छ कि यो एक महत्त्वपूर्ण मुद्दा हो। यो धेरै वर्षदेखि भइरहेको छ। त्यसैले हामी आशा गर्छौं कि आगामी हप्ताहरूमा चीजहरू समाधान हुनेछन्।”,चुआमेनीले भने।

एमबाप्पेले रियलमा आउने सम्भावनाको बारेमा कुरा गरेका छन् भनेर प्रश्न गरिँदा व्यक्तिगत रूपमा एम्बाप्पेले त्यस्तो केहि नबताएको चुआमेनीले जवाफ दिए।

उनले भने,”मलाई व्यक्तिगत रूपमा एम्बाप्पेले आफ्नो निर्णय सुनाएका छैनन्। तर मलाई भनेकै भएपनि म यहाँ उनले के भनेका छन् भनेर भन्दैनथे।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *