एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जित निकालेसंगै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई सहजै पराजित गर्यो। बलमा राम्रो नियन्त्रण राख्दै आक्रमण गरेको पिएसजी २-० को गोल अन्तरले विजयी भयो।
पिएसजीले खेलभर बलमा कुल ६३ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पिएसजीले कुल १४ प्रहार गरेको थियो। जसमद्ये ६ प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भए।
त्यस्तै पाहुना टोलीले भने खेलभर कुल ९ प्रहार गरेको थियो। जस मद्ये ६ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत भएनन्। पिएसजीका लागि किलियन एम्बाप्पे र ब्राडली बारकोलाले एक-एक गोल गरेका थिए।
खेलको ५८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। पछि खेलको ७० औं मिनेटमा ब्राडली बारकोलाले पिएसजीको अग्रता दोब्बर पारे।