September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमान तोड्ने र कायम राख्ने क्रम जारी राखेका छन्। फुटबलमा निरन्तर उच्च प्रदर्शन गर्दै निरन्तर रेकर्ड बनाइरहेका रोनाल्डोले एक पटक पुनः रेकर्ड बनाएका हुन्।

एसियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत अल फेइहा विरुद्धको खेलमा बुधबार राति रोनाल्डोले सानदार प्रदर्शन गरे। सो खेलमा उनले निर्णायक गोल गरेका थिए।

रोनाल्डोले खेलको ८१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यससंगै रोनाल्डोले फुटबलको इतिहाँसमा नकआउट चरणमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बने।

रोनाल्डोले सबै प्रतियोगिताका नकआउट चरणमा अहिले सम्म १ सय ४६ गोल गरेका छन्। यो फुटबल इतिहाँसमा नकआउट चरणमा एक खेलाडीले गरेको सर्वाधिक गोल हो।

३९ वर्षीय क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले पोर्चुगलका लागि २०५ खेलमा १२८ गोल गरेका छन् भने ४६ असिस्ट प्रदान गरेका छन्।

पाँच पटकको यूईएफए च्याम्पियन्स लिग विजेता क्लब फुटबलको सर्वकालीन शीर्ष गोलकर्ता हुन्। उनले अल नासर, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टस र स्पोर्टिङ सीपीका लागि ९९४ खेलमा ७४० गोल गरेका छन् भने २३६ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *