September 19, 2024

एजेन्सी – पछिल्ला केहि रिपोर्टहरुका अनुसार जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक थोमस टुचेलको पद धरापमा छ। बायर्नको कम्जोर लयसंगै टुचेलको पद धरापमा परेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

जर्मन दिग्गज क्लब घरेलु लिग र च्याम्पियन्स लिग दुवैमा पछिल्लो समय खासै राम्रो समय गर्न सकिरहेको छैन। घरेलु लिग बुन्डेसलिगामा बायर्न यति बेला दोस्रो स्थानमा छ।

केहि समय अगाडी बायर्न बायर लिभरकुसेनसंग पराजित भएको थियो। सो पराजय पछि बायर्न उपाधि होडमा लिभरकुसेन भन्दा ५ अंकले पछि परिसकेको छ।

बायर्नले च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेमा पनि पराजय भोग्यो। बुधबार राति बायर्न इटालियन क्लब लाजियोसंग १-० को गोल अन्तरले पराजित हुन पुगेको थियो।

सो हार पछि टुचेलको पद धरापमा परेको बताइएको छ। ट्रान्सफर बजारका भरपर्दा जानकार फाब्रिजियो रोमानोले पनि बायर्न म्युनिख हालको अवस्थाबाट खुशी नरहेको जनाएका छन्।

बायर्नको अवस्थामा तत्काल सुधार नआए के पनि हुन सक्ने रोमानोको भनाई छ। उनका अनुसार हालको अवस्थामा टुचेलको भविष्य सुरक्षित छैन। आफ्नो भविष्य सुरक्षित गर्नको लागि बायर्न तत्काल लयमा फर्किनु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *