September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार एम्बाप्पेले आगामी समर ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेका हुन्।

एम्बाप्पेले सन् २०२२ मा पिएसजीसंगको सम्झौता नवीकरण गरेका थिए। त्यसबेला उनले २ वर्षका लागि सम्झौता गरेका थिए। सम्झौतामा एक वर्ष थप गर्ने विकल्प समेत थियो।

तर एम्बाप्पेले पिएसजीसंगको सम्झौता थप नगर्ने निर्णय गरेका छन्। उनले यस सिजनको अन्त्यमा फ्री एजेन्टको रुपमा क्लब छाड्ने निर्णय गरेको बताइएको छ।

यस खबरलाई ट्रान्सफर बजारका भरपर्दा जानकार फब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। एम्बाप्पेले पिएसजी छाड्ने आफ्नो निर्णय क्लबका अध्यक्ष नासेर अल खेलाइफीलाई पनि जानकारी सुनाइसकेका छन्।

“एम्बाप्पेले फ्री एजेन्टको रुपमा क्लब छाड्ने निर्णय गरेका छन्। यो निर्णय बारे उनले पिएसजी अध्यक्ष नासेर अल खेलाइफीलाई पनि जानकारी दिसकेका छन्।”,रोमानोले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *