एजेन्सी – चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक जोसे मोरिन्होले यस सिजन प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्न सक्ने बताएका छन्।
एक कुराकानीका क्रममा मोरिन्होले यस सिजन प्रिमियर लिगको उपाधिका लागि लिभरपुल र म्यानचेस्टर सिटी बीच प्रतिष्पर्धा हुने भएपनि सिटीले जित्ने सम्भावना रहेको बताएका हुन्।
“प्रिमियर लिग … सिटी वा लिभरपुल, त्यसैले म गल्ती गरिरहेको छैन। तर मलाई लाग्छ कि सिटी।”,प्रिमियर लिगको उपाधि कसले जित्ला भनेर प्रश्न गरिँदा मोरिन्होले भने।
प्रिमियर लिगमा अहिले उपाधिका लागि तीन क्लब बीच प्रतिष्पर्धा देखिएको छ। सो दौडमा लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनल छन्। लिभरपुल शिर्ष स्थानमा रहँदा सिटी दोस्रो स्थानमा छ।
त्यस्तै आर्सनल तेस्रो स्थानमा छ। लिभरपुलले २४ खेलबाट ५४ अंक बटुल्दा, सिटीले २३ खेलबाट ५२ अंक जोडेको छ। त्यस्तै आर्सनलले २४ खेलबाट ५२ अंक बनाएको छ।