September 20, 2024

एजेन्सी – बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले यस सिजन आफ्नो टोलीले कुनै न कुनै उपाधि जित्ने दावी गरेका छन्। एक कुराकानीका क्रममा लेवान्डोस्कीले यस सिजन बार्सिलोनाले एक उपाधि जितेरै छाड्ने बताएका हुन्।

स्पेनिस प्रकाशन स्पोर्टसंगको कुराकानीका क्रममा लेवान्डोस्कीले आफूहरु राम्रो खेल्ने आइडल समयमा रहेको बताए। तयारीका लागि लामो एक साता पाएका कारण अब बार्सिलोनाले सुधारिएको प्रदर्शन गर्ने लेवान्डोस्कीको भनाई छ।

त्यसक्रममा बार्सिलोनाले अब धेरै खेलहरु जित्ने र सिजन सकिनु अगाडी कुनै न कुनै उपाधि जित्ने बताउन छुटाएनन्। साथै उनले बार्सिलोनामा के भइरहेको छ भनेर भन्न पनि नसकिने अवस्था रहेको बताए।

“हामी परिवर्तन गर्न, राम्रो खेल्नको लागि आदर्श क्षणमा छौं। पहिले भिगोमा र त्यसपछि च्याम्पियन्स लिगमा हाम्रा खेल छन्। के भइरहेको छ भनेर व्याख्या गर्न गाह्रो छ, किनकि हामीले ग्रानाडा विरुद्ध तीन गोलहरू बेहोर्यौं। हामीले काम गर्न लामो हप्ता पाएका छौं र मैले भनेझैं, हामी परिवर्तनको लागि उत्तम क्षणमा छौं। म पक्का छु कि हामी अगाडी बढ्दैचूँ। हामी धेरै खेलहरू जित्ने छौँ र सिजनको अन्त्यमा हामीले केही जित्ने छौं।”,लेवान्डोस्कीले भने।

लेवान्डोस्कीले आफ्नै कठिन सिजन बिताइरहेका छन्। लिगको शीर्ष स्कोररको रूपमा गत सिजन समाप्त गरेपनि उनी यस सिजन खुलेर गोल गर्न सकिरहेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *