September 19, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले क्याटलान क्लब बार्सिलोनाका युवा स्टार मिडफिल्डर गाभिलाई आगामी समर ट्रान्सफर विन्डोमा टार्गेट बनाउने भएको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार आगामी समर ट्रान्सफर विन्डोमा कयौं खेलाडी भित्र्याउने योजना बनाएको पिएसजीको नजरमा बार्सिलोनाका गाभी पनि परेका हुन्।

गाभीमा लामो समय देखि पिएसजीको नजर रहेको र क्लबले आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको स्पेनिस मिडियाहरुले जनाएका छन्।

अहिले पिएसजीको प्रशिक्षकमा लुइस एनरिक छन्। बार्सिलोनाको प्रशिक्षक हुँदा एनरिकले नै गाभीलाई सिनियर डेब्यू दिलाएका थिए। त्यसबेला गाभी १७ वर्षका थिए।

पिएसजीले गाभीलाई भित्र्याउने योजना बनाएपनि बार्सिलोना भने सकेसम्म उनलाई बिक्री गर्ने पक्षमा हुने छैन। तर आर्थिक संकटका कारण भने बार्सिलोना उनलाई बिक्री गर्न बाद्य हुन सक्छ।

आगामी समर ट्रान्सफर विन्डोमा बार्सिलोना आर्थिक संकटबाट छुटकारा पाउन क्लबका केहि खेलाडीहरुलाई बिक्री गर्ने योजनामा हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *