एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आगामी समर ट्रान्सफर विन्डोमा तीन उत्कृष्ट खेलाडी भित्र्याउने योजना बनाएको छ। पिएसजीले आगामी सिजनका लागि स्क्वाड बलियो बनाउनको लागि तीन उत्कृष्ट खेलाडी भित्र्याउने योजना बनाएको हो।
एम्बाप्पेले क्लब छाड्ने पक्का भएसंगै विभिन्न खेल मिडियाहरुले पिएसजी आगामी समर ट्रान्सफर विन्डोमा तीन खेलाडी भित्र्याउने योजना बनाएको रिपोर्ट गरिरहेका छन्।
यहि साता एम्बाप्पेले पिएसजीलाई सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय सुनाएका थिए। पिएसजीले अहिले देखि नै एम्बाप्पेको स्थान लिन सक्ने खेलाडीको खोजि सुरु गरिसकेको छ।
पिएसजीको नजरमा इटालियन क्लब नापोलीका स्टार स्ट्राइकर भिक्टर ओसिमहेन रहेका छन्। नापोलीका लागि गत सिजन धेरै राम्रो प्रदर्शन गरेका भिक्टर ओसिमहेन पिएसजीको मुख्य टार्गेट रहेको बताइएको छ।
सन् २०२० मा लिलेबाट नापोलीमा आवद्ध भएका ओसिमहेनले इटालियन क्लबका लागि ११९ खेलमा ६७ गोल गरेका छन्।नाइजेरियनले गत सिजन ३३ वर्षमा नेपोलीलाई पहिलो सिरी ए उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए।
क्लबको स्थानान्तरण भर्तीमा भूमिकाको साथ पीएसजीमा फुटबल सल्लाहकारको रूपमा काम गर्ने लुइस क्याम्पोसले यसअघि लिलका लागि ओसिमहेनलाई अनुबन्ध गरेका थिए।