September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले फ्रेन्च स्टार किलियन एम्बाप्पे भित्र्याउन दौडमा आर्सनल पनि सहभागी हुन पर्ने बताएका छन्।

एक कुराकानीका क्रममा मिकेल अर्टेटाले एम्बाप्पे भित्र्याउने दौडमा आर्सनल हुन पर्ने बताएका हुन्। एक पत्रकार सम्मेलनका क्रममा आर्टेटालाई एम्बाप्पे भित्र्याउने दौडमा आर्सनल हुनु पर्छ भनेर प्रश्न गरिएको थियो।

सो प्रश्नको जवाफ दिनेक्रममा आर्टेटाले एम्बाप्पे जस्तो क्षमतावान खेलाडी भित्र्याउन दौडमा आर्सनल हुनु पर्ने जवाफ दिए। त्यसक्रममा एम्बाप्पेको ट्रान्सफर फरक बाटोमा अरहेको बताउन पनि छुटाएनन्।

“जब त्यहाँ एम्बाप्पे जस्ता क्षमतावान खेलाडी छन्, हामी सधैं त्यो कुराकानीमा हुनुपर्दछ। तर यो फरक तरिकामा देखिन्छ। म यति मात्र भन्न चाहन्छु।”,आर्टेटाले भने।

एम्बाप्पेले यहि साता मात्रै पिएसजीलाई क्लब छाड्ने आफ्नो निर्णय सुनाएका छन्। यससंगै उनी अब फ्री ट्रान्सफरका लागे उपलब्ध भएका छन्। एम्बाप्पे रियल जाने उच्च सम्भावना छ।

तर एम्बाप्पे फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा अन्य केहि क्लब पनि उनलाई भित्र्याउने दौडमा हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *