September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे यस साता निरन्तर चर्चामा रहे। सामाजिक संजाल देखि मिडिया सबैमा एम्बाप्पेकै चर्चा भयो। एम्बाप्पेले यसै साता आफ्नो भविष्यलाई लिएर महत्वपूर्ण निर्णय गरे।

एम्बाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)संगको सम्झौता यस सिजन पछि थप नगर्ने निर्णय गरेका हुन्। सो निर्णय उनले यसै साता क्लबलाई पनि जानकारी गराइसकेका छन्।

एम्बाप्पेले क्लब छाड्ने निर्णय गरेसंगै पिएसजीक पूर्व खेलाडी लियोनेल मेस्सीले एम्बाप्पेलाई दिएको एक सुझाव यति बेला सामाजिक संजालमा भाइरल भइरहेको छ।

पिएसजी छाडेपछि मेस्सीले एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेलाई पिएसजी छाड्न सुझाव दिएका थिए। सकेसम्म बार्सिलोना जान र नभए रियल म्याड्रिड जान एम्बाप्पेलाई मेस्सीको सुझाव थियो।

“म तिमिलाई सकेसम्म बार्सा जान सुझाव दिन्छु। तर यदि रियल म्याड्रिड जान चाहन्छौ भने पनि त्यो राम्रो हुन्छ। तिमि वास्तविक विजेता परियोजनाको हकदार छौँ।”,मेस्सीले भनेका थिए।

मेस्सीले भने जति एम्बाप्पे बार्सिलोना त जाने कमै सम्भावना छ, तर एम्बाप्पे रियल जाने बाटोमा भने पक्कै छन्। रियल र एम्बाप्पे पक्ष बीच सम्झौतालाई टुंगो लगाउने विषयमा निरन्तर छलफल भइरहेको रिपोर्टहरु आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *