September 20, 2024

एजेन्सी – स्पेनिस युवा स्टार लामिन यमाल जारी सिजनको उत्कृष्ट बार्सा खेलाडी बनेका छन्। प्रतिष्ठित खेलकुद मिडिया गोलले सार्वजनिक गरेको बार्सिलोना खेलाडी अफ द सिजनको सूचीमा यमाल पहिलो स्थानमा परेका हुन्।

मात्र १६ वर्षका यमाल बार्सिलोनाका लागि यस सिजन धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। यति युवा उमेरमै बार्सिलोनाको सिनियर टोलीमा निरन्तर स्थान बनाइरहेका उनले यस सिजन कुल ५ गोल गरिसकेका छन् भने ५ असिस्ट प्रदान गरेका छन्।

खेल मैदानमा उनले जुन परिपक्कता देखाइरहेका छन्, त्यसले धेरैलाई चकित परेको छ। ‘गोल’ले जारी सिजनको उत्कृष्ट बार्सिलोना खेलाडीको रुपमा यमालको चर्चा गरेको छ।

त्यस्तै गोलको उत्कृष्ट बार्सिलोना खेलाडीको सूचीको दोस्रो स्थानमा फ्रेन्की डे जोङ परेका छन्। यसै सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोना आइपुगेका इल्के गुन्डोगनलाई गोलले तेस्रो स्थानमा राखेको छ।

क्लबक डिफेन्डर रोनाल्ड अराउजो चौथो स्थानमा रहँदा पेड्रि पाँचौ स्थानमा परेका छन्। गत सिजन जर्मन क्लब बायर्न म्युनिखबाट आएका रोबर्ट लेवान्डोस्कीलाई गोलले १० औं स्थानमा राखेको छ।

यस सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेका रोबर्ट लेवान्डोस्कीलाई गोलले १० औं स्थानमा राखेको हो। त्यस्तै फेरान टोरेस, गेवी, भिटर रोक र मार्क-आन्द्रे टेर स्टेगन क्रमशः छैठौं, सातौं, आठौँ र नवौं स्थानमा परेका छन्।

जोआओ फेलिक्स, पाउ क्युबार्सी, हेक्टर फोर्ट, राफिन्हा, एन्ड्रियास क्रिस्टेनसेन, जुल्स कौंडे, इनिगो मार्टिनेज, जोआओ क्यान्सेलो, इनाकी पेना र अलेजान्ड्रो बाल्डे पनि शिर्ष २० मा अटाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *