September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिड आवद्ध हुने बाटोमा छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई यस सिजनको अन्त्यमा क्लब छाड्ने जानकारी दिसकेका उनी रियल आवद्ध हुने बाटोमा लम्किएका छन्।

रियल र एम्बाप्पे बीच पारिश्रमिक र अन्य आर्थिक विषयमा सहमति जुट्न बांकी रहेपनि एम्बाप्पे रियल आवद्ध हुने उच्च सम्भावना छ। तर एम्बाप्पेको आगमनका कारण रियलका एक स्टारको भविष्य भने धरापमा पर्न सक्छ।

एम्बाप्पेका लागि भविष्य धरापमा पर्न सक्ने भनेर चर्चा गरिएका खेलाडी ब्राजिलियन स्टार रोड्रिगो हुन्। एम्बाप्पेका कारण रोड्रिगो आगामी समर ट्रान्सफर विन्डोमा बिक्री हुन सक्ने विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

मुन्डो डिपोर्टिभो मार्फत एक्सप्रेस स्पोर्टले रिपोर्ट गरे अनुसार रियल म्याड्रिडले एमबाप्पेका लागि ठाउँ खालि गर्न रोड्रिगोलाई आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ।

लस ब्लान्कोसले रोड्रिगो बेच्ने निर्णय गरेमा उनलाई भित्र्याउन खोज्ने क्लबको कमि भने हुने छैन। उनलाई प्रिमियर लिगका केहि क्लबहरुले टार्गेट बनाउन सक्ने बताइन्छ।

रोड्रिगोलाई रियलले बिक्री गर्न सक्ने रिपोर्टहरु आएपनि रियलले सो सम्बन्धमा निर्णय भने गरिसकेको छैन। उनको भविष्य के हुन्छ भन्ने कुराको टुंगो आगामी समर ट्रान्सफर विन्डोमै थाहा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *