September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा लिग लिडर लिभरपुलले सानदार जित निकालेको छ। सिजनको २५ औं खेलमा लिभरपुलले शनिबार राति सानदार जित निकालेको हो।

लिभरपुलले शनिबार ब्रेन्टफोर्ड माथि ४-१ को जित निकाल्यो। लिभरपुलको जितमा डार्विन नुनेज, एलेक्सिस मकयालिस्टर, मोहम्मद सलाह र कोडी गाक्पोले गोल गरे भने घरेलु टोलीका लागि एक मात्र गोल इभान टोनीले गरे।

खेलको ३५ औं मिनेटमा नुनेजको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। उनले डियोगो जोटाको पासमा गोल गरेका थिए। त्यसपछि खेलको ५५ औं मिनेटमा मोहम्मद सालाहको पासमा एलेक्सिस मकयालिस्टरले गोल गर्दा लिभरपुलको अग्रता दोब्बर भयो।

यस्तै सलाहले लिभरपुलका लागि तेस्रो गोल गरे। उनले गोलकिपर केलेहरले दिएको लामो पासमा कोडी गाक्पोले गरेको हेडर पासलाई सलाहले गोलमा परिणत गरे।

खेलको ७५औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले एक गोल फर्काउँदा खेल ३-१ को अवस्थामा पुग्यो। ८६औं मिनेटमा लुइस डियाजको पासमा गाक्पोले लिभरपुलका लागि चौंथो गोल गरे।

यस जितसंगै लिभरपुलको प्रिमियर लिगमा ५७ अंक भएको छ। लिभरपुलले यस सिजन मात्र २ खेलमा हार बेहोरेको छ। त्यस्तै पराजित ब्रेन्टफोर्ड२४ खेलमा २५ अंक जोडेर १४ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *